विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माओवादी केन्द्रले विश्वासको मत दिने जनाएको छ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेशको आज बसेको कार्यालय बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएको थियो। उक्त छलफलले विश्वासले विश्वासको मत दिनुपर्ने निष्कर्ष माओवादीले निकालेको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल बलदेवले आफूहरूको मनसाय मत दिने रहेको बताए। यद्यपि अहिलेसम्म केन्द्रले कुनै निर्देशन भने दिएको छैन ।
गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन्। कार्की काग्रेस डा. शेखर कोइराला समूहका सांसद हुन् । उनले बुधबार विश्वासको मत लिन लागेका छन्।
