काठमाडौं । मदन पुरस्कार गुठीले कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ र विवेक ओझालाई मदन पुरस्कार प्रदान गरेको छ ।
पाटनमा आज सोमवार आयोजित विशेष समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि प्रदान गरे ।
पुरस्कारको राशि चार चार लाख रुपैयाँको रहेको छ । २०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् । विवेक ओझा ऐँठनका लेखक हुन् ।
