काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल, मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाइएको हो ।

भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । दशैँको मुखैमा पेट्रोलियम पदार्थको भाउ घट्दा उपभोक्तालाई केही भए पनि राहत भएको छ ।