इन्द्रेणी संवाददाता 

दाङ , ११ साउन । लगातारको भारी बर्षा संगै राप्ती नदिमा पानीको सहत निकै बढेको छ । नदिमा पानिको सतह बढेसंगै लमहि ९ वलरापुरको बस्तीमा बाढि समेत पस्न थालेको छ । जस्का कारण त्यहाँका १६ घर उच्च जोखिममा रहेको लमहि प्रहरीले जानकारी दिएको छ । त्यहाँका नागरिकहरु अहिले त्रासमा छन् ।

13686487_1147509375312400_2200312338854943968_n

स्थायिनका अनुसार देउखरीका एक नगरपालीका सहीत ८ गाविसका दर्जन वढी गाउँ वाढीको उच्च जोखीममा रहेका छन् । राप्ती नदी र अन्य खोलाका कारण देउखुरीका गाउँ वाढीको उच्च जोखीममा परेका हुन् । बाढीबाट हुने क्षति कम गर्न बिपत ब्यबस्थापनका सामाग्री सहित सर्तकता अपनाईएको प्रहरीले जनाएको छ ।