काठमाडौं । १९ औँ एसियाली खेलकुद अन्तर्गत नेपाली महिला फुटबल टीमले आज अन्तिम खेल बंगलादेशसँग खेल्दै छ।

समूह डीमा रहेको नेपाल यसअघिका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। पहिलो खेलमा नेपाल भियतनामसँग २–० र दोस्रो खेलमा जापानविरुद्ध ८–० को फराकिलो अन्तरले पराजित भएको थियो।

बंगलादेश पनि समूह चरणबाटै बाहिरिसकेको छ। उसले जापानविरुद्ध ८–० र भियतनामसँग ६–१ को हार बेहोरेको थियो। समूह चरणबाटै एसियाड यात्रा समाप्त गरेका दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्। यी दुई बीचको खेल चीनको वानजाउ स्पोर्टस सेन्टरमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे सुरु हुने छ।