दाङ । दाङमा नौ वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षका टेक बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विकले असोज ८ गतेका दिन बालिकालाई बलात्कार भएर फरार भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । घटनाका थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिएका छन् ।