काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको बेइजिङ गएर नेपाल र चीनबीच विभिन्न १२ वटा समझदारी गरेका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच सोमवर ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा समझदारी गरेका हुन् ।

विभिन्न मन्त्रालय अन्तर्गतका ती समझदारीका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो समझदारीमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका छन् ।