सल्यान : कपुरकोटदेखि दाङ तुलसीपुर तर्फ आउँदै गरेको तरकारी बोकेको रा १ च. १०२५ नं. को जीप कपुरकोट गा. पा. ३ चोरखोला नजिक सेतापैरा भन्ने स्थानमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहान सवा ६ बजे तिर दुर्घटना भएको जीप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।