इन्द्रेणी संवाददाता
दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन २०८० यहि असोज १३ गते हुँदैछ । २० वटा पदका लागि ४० जनाको उम्मेद्वारी परेको छ । यहि ४० जना उम्मेदवारहरुका माझ सम्भवतः कान्छा उम्मेदवारको रुपमा उभिएका छन् रुद्र जैशी (शर्मा) ।
सरल, सहज तथा सालिन स्वाभावका धनि शर्मा रुकुम जिल्लाको एक निम्न वर्गीय परिवारमा जन्मिएका हुन् । उनले बाल्यकालमा नै आफ्ना बा-आमा माया पाउन सकेनन अझ भनौ उनि अभिभावक बिहिन हुन पुगे । बा-आमाको मायाको अनुभव गर्न नपाएका उनको बाल्यकाल निकै संघर्षमा बित्यो । पेट पाल्नका लागि सानै उमेरमा भारत पुगेका उनले त्यहाँ निकै संघर्ष गर्नुपयो । त्यसपछि सानै उमेरमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण उनि पुगे सिंगापुर ।
सिंगापुरको केहि समयको बसाइँ पछी मलेसिया गएका रुद्रले भने अनुसार पैसा कमाउन नसकेपछि जीवनमा निकै ठुलो जोखिम मोलेर इजरायल पुगे । त्यहाँ पुगेर केहि समय काम गरेका उनलाई आफ्नो देशको मायाले निकै सतायो । अनि बिदेशी माटोमा रगत पसिना बगाउनुको साटो आफ्नै देश फर्केर आफ्नै देशको माटो आफ्नो रगत पसिनाले सिचाई गर्ने र जिजिविका कटाउने सोचका साथ नेपाल फर्किए उनि ।
नेपाल आएर कस्मेटिक पसलबाट व्यावसाय सुरु गरेका उनले कस्मेटिकमा राम्रै कमाई गरेपछि पोल्ट्री व्यवसाय सुरु गरे त्यसमा पनि सफलता हात पारेका उनले अहिले ति दुई व्यावसायका अतिरिक्त स्कोडा गाडीको स्वरम पनि संचालन गरेका छन् भने होटेल व्यावसायमा समेत लगानी गरेका छन् ।
कम बोल्ने, ज्यादा सुन्ने, सबैको सम्मान गर्ने उनको छुट्टै स्वाभावका कारण उनि व्यावसायी तथा साथीहरु माझ लोकप्रिय छन् ।
छोटो समयमा पनि छुट्टाछुट्टै क्षेत्रका धेरै व्यावसायमा हात हालेर सफलता हात पारेका उनले व्यावसायीहरुका समस्या र पिर मर्का नजिकबाट बुझ्ने अवसर पाएका छन् । सानै देखि आफू समस्यामा परेका कारण होला अरुको दु:ख देख्न नसक्ने रुद्र निकै सहयोगी स्वाभावका छन् ।
दयालु स्वाभावका धनि रुद्रले अन्यायमा परेका, बेसहारा, अनाथ, दु:खी र पीडितहरुको पीडामा मल्हमपट्टी लगाउने काम गर्छन । यहि स्वाभावका कारण उनले छोटो समयमा जिल्लामा आफ्नो छुट्टै पहिचान कायम गरेका छन् ।
व्यावसायीहरुको पीडा, समस्या र जोखिमहरु संग नजिकबाट परिचित रुद्रले आफू व्यावसायीहरुको नेतृत्वमा गएर नै उनीहरुको हकहितका लागि काम गर्ने योजना सहित आफ्नो उम्मेद्वारी परेको बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यबाट व्यावसायीक नेतृत्वमा उदाउन लागेका रुद्रको यहि संस्थामा कुनै दिन अध्यक्ष बनेर व्यावसायीक हकहितका लागि काम गर्ने समेत सपना बुनेका छन् । सहयोगी र दयालु स्वाभावका धनि रुद्र आफूले चुनाव जित्ने कुरामा ढुक्क छन् ।
