इन्द्रेणी संवाददाता
दाङ, ११ साउन
अविरल वर्षाका कारण दाङ सल्यान सडकखण्ड अन्तर्गतको पेदीखेला भन्ने स्थामा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ । गएरातिदेखी लागातार भइरहेको वर्षाका कारण दाङ वाघमारे गाविस ८ मा पर्ने ठुलोपैरो, हावाखाने डाँडा भन्ने स्थानमा पहिरो झर्दा र वाढीले बाटो कटान गर्दा गाडीहरु चल्न सकेका छैनन ।
यस्तै बाटो अबरुद्ध हुँदा र वाढीले बाटो कटान गर्दा पैदल यात्रा गर्न समेत समस्या भएको स्थानीय रमेश परियारले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय कल्पना टमाटाको टिनले छाएको एक तले घर भत्किएको छ । घर भत्किला घरमा रहेका लत्ताकपडा, अन्नपात र अन्य सामान पुरिदा १ लाख ५० हजार वरावरको क्षति भएको छ ।
घर भत्किएपछि ४ जनाको परिवारको विचल्लनीप् भएको छ । उनीहरु ऋहिले छिमेकीकोम वसेका छन । यस्तै सोही ठाँउको पेदिखोला सिचाइँ कुलोमा पहिरोले क्षति पु¥याएको परियाले वताउनुभयो । गत वर्ष जलवायु परिवर्तन कार्यक्रमको सहयोग अन्तर्गत ५ लाख ८८ हजार रुपैयामा निर्माण गरिएको सिचाइ कुलो भत्किएपछि कुलोको पानी वाटो र वस्तीमा बग्दा बाटो र खेतारी कटान भएको हो ।।