दाङ । दाङमा साउन र भदौ महिनामा सर्पको टोकाइबाट ६ जनाको ज्यान गएको छ । सर्पको टोकाइबाट १०७ जना घाइते भएका छन् ।
यसरी ज्यान गुमाउनेमा एक महिला, तीन पुरुष र दुई जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सबैभन्दा बढी साउन महिनामा पाँच जनाको ज्यान गएको छ भने भदौमा एक जनाको सर्पको टोकाइबाट ज्यान गएको छ ।
त्यसैगरी सर्पको टोकाइबाट घाइते हुनेमा ५४ महिला, ४१ पुरुष र १२ जना बालबालिका रहेका छन् । सबैभन्दा बढी साउन महिनामा ७० जना र भदौमा ३७ जना सर्पको टोकाइबाट घाइते भएका छन् ।
