rukumkot

रुकुमपूर्वको जिल्ला सदरमुकाम सार्ने तत्कालीन देउवा सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले आज तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय खारेज गरेको हो ।

तत्कालीन सरकारले २०७४ माघ ११ गते रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट सदरमुकाम पुथाउत्तरगंगा १२ को गोल्खाडा सार्ने निर्णय गरेको थियो ।