
दाङ । दाङको धार्मिक पर्यटकीय क्षेत्र धारपानीमा गत साउनमा सञ्चालित पुरुषोत्तम महात्म्य एव.श्रृङ्गारिक आरती बोलबममा महामहोत्सवमा ३१ लाख ८२ हजार ९९१ रुपैया आम्दानी भएको छ । जसमा २१ लाख २६ हजार ८६ रुपैया खर्च भई १० लाख ५६ हजार ९०५ रुपैया बचत भएको आर्थिक महामहोत्सव उपसमितिले जनाएको छ ।
मन्दिरको प्रचार प्रसार, धर्म र धार्मिक आस्था थप सुधार गर्ने उदेश्यले आयोजित महामहोत्सवमा सवै भन्दा धेरै अन्य सहयोगबाट १९ लाख ७२ हजार ३०८ रुपैया संकलन भएको छ । यस्तै गंगा आरतीका सातलाख ८४ हजार चार सय ९० रुपैया, ब्राहमण भोजनका लागि एक लाख ८० हजार, भत्तजन प्रसादका लागि एक लाख ५० हजार र झोलीदानबाट ९६ हजार एक सय ९३ रुपैया संकलन भएको छ ।
महामहोत्सवमा आरती गुरुहरुको दक्षिणा तथा बाद्यवादन कलाकार पारिश्रमिकमा ११ लाख ३३ हजार ६ सय ११ रुपैया, टेन्टतथा साउण्ड सिस्टममा तीन लाख, ब्राहमण तथा अन्य भोजनका लागि एक लाख १७ हजार ७१५ रुपैया, आरतीका लागि कपुर, घिउ, धुप तथा अन्य पूुजा सामग्री खरिदका लागि एक लाख ३४ हजार ९० रुपैया, जेनेटर पेट्रोलका लागि ९३ हजार ५७७ रुपैया खर्च भएको छ ।
यस्तै खानेपानीतथा मेक्सन व्याट्री खरिदका लागि ३२ हजार २३० रुपैया, भान्साका लागि भाडावर्तन खरिदका लागि ९३ हजार २८३ रुपैया, सुरक्षाकर्मी,स्वयंसेवक खाजा नास्ता तथा सामान ढुवानीका लागि २६ हजार २६५ रुपैया, नेटको राउटर, स्टेशनरी तथा बाद्यबादनका सामग्री खरिदका लागि ४१ हजार तीन सय ७० रुपैया, कलाकार सिंगार सामग्रीका लागि ४७ हजार दुई सय ८५ रुपैया खर्च भएको संयोजक अधिकारीले जानकारी दिए ।
यस्तै मन्दिर सरसफाई तथा धर्मशाला व्यवस्थापनका लागि १९ हजार रुपैया, बत्ती राख्ने टपरी खरिदका लागि ६ हजार एक सय १० रुपैया, प्रचार सामग्री पम्पलेट छपाईका लागि १५ हजार रुपैया, पुजारी दक्षिणाका लागि १४ हजार पाँच सय रुपैया, प्रशंसा पत्र छपाई तथा फ्रेममा ३७ हजार पाच सय ५० रुपैया र मिडिया प्रचार प्रसारका लागि १४ हजार पाँच सय रुपैया खर्च भएको छ । महोत्सव साउन २ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको थियो ।
