म्याग्दी । मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगाएको छ ।

वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी कागबेनी बस्तीमा छिरेपछि दश वटा घर/होटल, प्रहरी चौकी, जोमसोम–कोरोरा सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारी अनुसार बाढीपहिरोले सडकमार्ग धेरै स्थानमा बिग्रेकोले टोली जोमसोमबाट कागवेनीतर्फ पैदल हिँडेका छन् ।

घटनास्थल पुगेर थप विवरण संकलन हुन्छ,’ प्रजिअ अनुप केसीले भने, ‘स्थानीय, प्रहरी र त्यहाँ पुगेका पर्यटकहरु रातभर सुरक्षित स्थलमा आकासमुनी रात बिताएका छन ।’