दाङ । प्रहरीले एक युवकलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने छ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वंगलाचुली गाउँपालिका १ जुम्लेपानी घरभई हाल घोराही १८ मा बस्ने २० वर्षका देबेन्द्र कवर मगर र अन्य घोराही १८ कै पाँच जना रहेका छन् । अन्य पाँच जना भने १८ वर्ष पूरा नभएकाले उनीहरुको नाम प्रहरीले गोप्पे राखेको छ ।
उनीहरुले साउन १० गते घोराही १८ शङ्खेपिपल जनिक लाहुरेडाँडा बस्ने नरबहादुर पुनको छोरा वर्ष १८ को तिर्थ बहादुर पुनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । पीडित तिर्थको उनीहरुले खुकुरीले टाउँको, अनुहारमा प्रहार गर्नुका साथै बाँया हातका एउटा औला बाहेक सबै औला काटिदिएका छन् । तिर्थको अहिले मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घटना भएको १४ दिनपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जनाएका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि दाङ देउखुरी जिल्ला अदालतबाट पाँच दिनका लागि म्याद समेत थप गरिएको छ ।











