दाङ । दाङ प्रहरीले विभिन्न वहानामा अबैध रुपमा चन्दा असुली गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यान त्रिवेणी गाउँपालिका ९ फालावाङ हाल त्रिवेणी ४ मा बस्ने धनराज तुफान भििनने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका १ दमाचौर बस्ने २९ वर्षका चन्द्र प्रकाश विक रहेका छन् । उनीहरुलाई गोप्पे सूचनाका आधारमा दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाबाट साउन २४ गते नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जनाएका छन् ।

उनीहरुले विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरु र व्यक्तिबाट नेपाल कम्युनिष्ट पार्टी (बहमत) को लेटरप्याड बनाइ आर्थिक सहयोगका नाममा लाखौ रकम असुली गरेको खुल्न आएको छ ।

पक्राउ परेकाहरुले विभिन्न समयमा विभिन्न मध्यमबाट एसएमएस गरी रकम माग गरेका र नदिए र प्रहरीलाई खबर गरे ज्यान मार्ने सम्मको धम्की दिने गरेको पाइएको छ । उनीहरुबाट प्रहरीले नेकपा कम्युनिष्ट पार्टी (बहुमत) नामको १२४ थान लेटरप्याड, स्टेमप्याड विभिन्न व्यक्तिका ३९ थान नागरिकताका प्रतिलिपी बरामद गरेको छ ।