काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको बताएका छन् ।

बुधबार २९ औँ आदिवासी दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिको बताए ।

‘‘विश्वभरि करोडौँ आदिवासीहरू रहेका छन्, नेपालमा करिब एक करोड २० लाख आदिवासीरजनजातिहरू छन् । हालसम्म ६० आदिवासीरजनजाति समुदायहरू सूचीकृत भएको र तिनीहरूको आ आफ्ना भाषा(संस्कृति रहेको, ती सबै राज्यसत्ताको भाषा, संस्कृतिभन्दा पृथक् छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भने ‘‘नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको छ । यो यथार्थलाई हामी सबैले ठीक ढङ्गले आत्मसात् गर्न जरुरी छ ।’’