नेपाली भाषा प्रति नेपाली बिद्यार्थीहरु नै कम्जोर हुदै गएको एक तथ्याङ्कले देखाएको छ । विदेशी भाषा सिक्ने होडबाजीमा आफनै राष्ट्रिय भाषा प्रति नेपालीहरुको लगाव कम हुदै गएको तथ्याङ्कले देखाएको हो ।

SLC-exam

सरकारले विद्यालय तहमा नेपाली विषयलाई अनिवार्य बनाएको छ। तर पनि यो विषयमा सरकारी र निजी दुवै प्रकृतिका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु कमजोर हुदै गएका छन् । नेपाली भाषा बोल्दा इज्जत हुने र टुटेफुटेको अंग्रेजी भाषा बोल्दा पनि आफुलाई उच्च ब्यक्तिको रुपमा ठान्ने नकरात्मक सोचले पनि नेपाली विषयमा विद्यार्थीहरु कमजोर भएको प्राडा दयाराम श्रेष्ठको बुझाई छ ।

२ दशकदेखि प्लसटुका विद्यार्थीलाई अनिवार्य नेपाली विषय पठनपाठन गराउँदै आएका प्राडा श्रेष्ठले निजी विद्यालयमा नेपाली बोल्यो कि साजय पाउने त्रासका कारण पनि विद्यार्थीले बाध्य भएर बरु टुटेफुटेको अंग्रेजी बोल्ने गरेको अनुभव सुनाउनुभयो ।।