काठमाडौं । हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणको अनुसन्धनाका क्रममा राजस्व अनुसन्धान विभागले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ।

विमागबाट खटिएको टोलीले बुधबार सोह्रखुट्टेको एक घरमा छापा मार्दा ब्रेक शु, डिस्क ब्रेकका सामान तथा सुन नाप्ने मेसिन, हिटर बरामद गरेको छ ।

विभागले त्यहाँ बरामद गरेका सामानहरु त्रिभुवन विमानस्थलमा बरामद गरेको पोकाजस्तै रहेको बताइएको छ । तर, ती पोकाहरुमा सुन छ छैन त्यसबारे भने अनुसन्धानपश्चात खुलाइने बताइएको छ ।

बुधबार नै सशस्त्र प्रहरीको सहयोगमा सुन तस्करी प्रकरणमा सुरेन्द्र तामाङलाई पक्राउ गरिएको छ । तामाङमाथि सुन कारोबार गर्नेहरुलाई गोदामको व्यवस्थापन गरिदिएको आरोप छ । सुन प्रकरणमा भारतीय नागरिक र चिनियाँ नागरिकसहित अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।