काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज मंगलबारदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले यो रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो।
सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमत देखाउँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार गठन भएपछि असार २२ गते एमाले प्रदेश सभा संसदीय दलका नेता कार्कीले रिट दायर गरेका थिए । उनले थापाको नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई कायम राख्न आदेश माग गरेका छन्।











