दाङ । राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका ९ कोल्तराका ५२ बर्षीय रामलाल कुमाल पाँच दिनपछि मृत भेटिएका छन् ।
कुमालको शव आज लमही नगरपालिका ९ स्थीत अमिलियाको राप्ती घाटमा भेटिएको हो । भैसी चराउन गएका स्थानीयले शव देखेपछि प्रहरी खबर गरेका थिए ।
साउन ३ गते बुधवार राजपुर गाउँपालिका–७ सिक्टाबाट काम सकेर घर फर्किने क्रममा साँझ राप्ती नदीमा बगेर कुमाल बेपत्ता भएका थिए ।











