काठमाडौं । सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले चीन जान लागेका लिङ चुवानलाई पक्राउ गरिएको बताए । पक्राउ परेका चुवान सुनको मालिक हो भन्ने आशङ्का गरिएको छ । पक्राउ गरिएको चिनियाँलाई राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।
