तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जनयुद्ध तथा जनआन्दोलनका घाइते स्याहार केन्द्रको अध्ययन तथा निर्माणका लागि बजेट बिनियोजन गरिएको बताएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं.१३ स्थित शहीद स्मृति प्रवेशद्वावरको उद्घाटन गर्दै मन्त्री मास्कीले यस्तो स्याहार केन्द्रकालागि दुई करोड बजेट छुट्याएको बताए ।
त्यस्तै शसस्त्र द्वन्दका क्रममा घाइते तथा अपाङ्ग भएकाहरुको उपचारका लागि ५० लाख, द्वन्दप्रभाबितलाई स्वरोजगारमा जोड्न २० लाख र शसस्त्र द्वन्दका शहीद परिवारलाई स्वास्थ्य बिमाका लागि २० लाख बजेट छुट्याएको बताए
