काठमाडौं । आज केही प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षा हुने छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। त्यसकै प्रभावका कारण देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू(भागमा आँशिक देखि सामान्य बदली रहेको छ।
महाशाखाका अनुसार कोशी , मधेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
