काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ ।
नर्भिक अस्पतालमा आज बिहान ८ः३३ बजे उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ । ६९ वर्षिय सीता लामो समयदेखि पीएसपी रोगबाट ग्रस्त थिइन् ।
दुर्लभ मानिएको यो रोगले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण सीता लामो समयदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन् ।
