काठमाडौं । आज बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ।
उनको पार्थिक शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो अन्त्येष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सीताको उपचारका क्रममा बिहान ८ः३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।
