वुटवल । सर्पले डसेको थाहा नपाउँदा कपिलवस्तुमा दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा वर्ष १२ का दीपक भुसाल र वर्ष ९ का प्रदीप भुसाल छन् । दुबै जना पारिजात बोर्डिङ स्कुल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए ।
राति मृतक दाजुभाइ हजुरआमासँगै भुइँमा ओछ्यान लगाएर सुतेका उनीहरु बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुर्याइएको थियो । त्यहाँबाट उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो ।
