काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए(एमभी’ हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।
दुर्घटनामा परी सवार ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यलयका प्रमुख डिआइजी राजेशनाथ बास्तोला अनुसार ६ जनाकै शव फेला परेको छ। एक जनाको शव टुक्राटुक्रा भेटिएको छ। शवहरू जलेको अवस्थामा रहेका छन् । हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक रहेको बताइएको छ ।











