दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् । आइतबार मन्त्री मास्कीले राप्ती गाउँपालिका वडा नं.२ स्थित कटाहाघाटमा निर्माण हुने लागेको फोहर मैला ब्यबस्थापन स्थलको अनुगमन गरेका हुन् ।

पालिकामा यसअघि फोहरमैला व्यबस्थापन स्थल निर्माण गर्न विवाद भएको थियो । प्रदेश सरकारको संयोजनमा फोहरमैला ब्यबस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो । जहाँ ३० लाखको लागतमा फोहरमैला ब्यबस्थापन स्थल निर्माण भइरहेको छ ।

त्यस्त अर्थमन्त्री मास्कीले गढवा गाउँपालिका वडा नं. ४ स्थित खैराघाटको तटबन्धनको पनि अनुगमन गरेका छन् । जहाँ तटन्बन नहुँदा नागरिकले बर्षादमा सास्ती भोग्नु परेको थियो । तटबन्ध निर्माणको काम अन्तिममा पुगेसंगै त्यहाँका नागरिक खुसी भएका छन् ।

त्यस्तै गढवा गाउँपालिका स्तरीय कोल्ड स्टोरको पनि अनुगमन गरिएको छ । वडा नं.३ मा सोही कोल्डस्टोर निर्माण भइरहेको छ । कोल्ड स्टोर निर्माण हुन थालेपछि उत्पादन कृषिजन्य बस्तु भण्डारणका लागि सहज हुनेछ । मन्त्री मास्कीको पहलमा विकास निर्माणका कामहरु अघि बढी रहेका छन् ।

आफ्नो पहलमा भएका विकास निर्माणको अबस्थाका बारेमा बुझ्नका लागि अनुगमन गरेको मन्त्री मास्कीले बताए । उनले दिगो विकासमा ध्यान दिनुपर्ने समेत बताए । नियमितको अनुगमनले दिगो र छिटो विकास निर्माणको काम हुने उनको भनाइ छ ।