काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता सांसद आरजु राणा देउवाको नाम लिइएर पैसा दिएको भनेर भनिएको अडिओ अहिले सोही प्रकरणमा जेलमा रहेका सन्देश शर्माको स्वरसँग मेल आएको छ ।
राणाले उक्त अडिओ फेक भएको दाबी गर्दै अडिओमाथि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन्। नेपाल प्रहरी महानिरीक्षक सचिवालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले आइतबार निवेदकलाई दिएको जानकारी पत्रमा शर्माको स्वरसँग अडिओ मेल खाएको उल्लेख गरेका छन्।
‘उक्त अडिओ कहाँ र कसबाट उत्पति भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन सकेको छैन। निज सन्देश शर्माको सम्बन्धमा मुद्दा अदालतमा कारबाहीकै क्रममा रहेकोले थप विवरण अदालतबाट हुने व्यहोरा जानकारी गराइन्छ,’ जानकारी पत्रमा भनिएको छ।
अडियोमा मलाई केही डर छैन, आरजु देउबालाइ साढे दुई करोड, ६ करोड बालकृष्ण मंजु दिदीले घरमा बुझ्या हो, मलाई कस्तो भयो होला दाइ त्यो कुरा छोडदिनुन भनिएको छ ।
