काठमाडौं । आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा पोस्ट भएको भन्दै आँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् ।
शनिवार बेलुकी साइबर ब्युरो पुगेकी शर्माले ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कारबाही गर्न भन्दै निवेदन दिएकी हुन् ।
आँचलको निवेदनमा ‘आफ्नो अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारबाही गरी पाऊँ’ भनी लेखिएको छ ।
