गोविन्द खड्का
घोराही, १० साउन । आगामि विसं २०७५ भित्र घोराही नगरपालिकालाई पुर्ण सफा बनाउन सरोकार वालाहरुले प्रतिबद्धता जनाएका छन् । घोराहीनगर खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा सोमवार भएको छलफलमा नगरपालिकाका अगुवा एवं वडा सरसफाइ पदाधिकारीहरुले यस्तो अठोट गरेका हुन् । उनिहरुले अभियानको रुपमा अघि बढाउन सकृय हुने बताए ।
घोराही नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तुफान सिं केसिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सरसफाइ फोकल पर्सन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईञ्जििनयर तिलक न्यौपाने, घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मी र युनिसेफका कटक रोकाएरले पुर्ण सरसफाइको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका लक्षिण प्रसाद बुढा, घोराही खानेपानीका अध्यक्ष देवि बहादुर डिसी, जिल्ला जनश्वास्थय कार्यालयका जनश्वाथ्य अधिकृत जनार्दन गौतम, वडा संयोजकहरु मिनराज गौतम, दामोदर केसी, द्रोणा वली, प्रेम बहादुर बम्पाल, थल बहादुर रेश्मी मगर, जगत श्रेष्ठ, द्रोपदा रेग्मी, याम प्रसाद खरेल, , कमला चौधरी, , दिपा वली, फेडवासनका सिता पाण्डे, सफा नेपालका शुशिला पौडेल लगाएतले सुझाव दिनुभएको थियो । कार्यक्रमको सहजिककरण घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले गर्नुभएको थियो ।