काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद । यो समुदायले आज बकर इद (इदुल जोहा) मनाइँदैछ ।
मुस्लिम धर्मावलम्बीहरुले इदुल फित्र अर्थात् रमजानको ७० औँ दिनमा बकर इद मनाउने गर्दछन् । यो समुदायले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् ।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
