काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि सबै हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक वाक्य नहटाएको भन्दै महानगरका प्रमुख बालेन साहले हिन्दी फिल्म प्रदर्शनन रोक्ने निर्णय गरेका हुन्। ​साहले नगर प्रहरी खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन्।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटसमार्फत तीन दिन समय दिएका थिए। काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।