पाँचथर । अविरल वर्षाका कारण आएको बाढीले हेवा खोलाको पुलमा क्षति पुगेको छ । गएराति आएको बाढीले बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाएको छ ।
यस्तै, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित छ जना बेपत्ता भएको फिदम प्रहरीले जनाएको छ। यस्तै याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ तर क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
