काठमाडौँ । सरकारले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि व्यापारीहरुले यसको मूल्यमा मनोमानी गर्न थालेका छन् । केही दिन ५०/६० रुपैयाँ प्रतिकेजी पाउने प्याज अहिले ९० देखि एक सय रुपैयाँमा विक्री हुन थोलको छ ।

केही व्यापारीले आलु–प्याज ल्याएका छैनन् । यसअघि यी तरकारी तथा फलफूलमा भ्याट लाग्दैन थियो, अब १३ प्रतिशत भ्याट लाग्छ ।

कालीमाटी भित्रिने तरकारीले उपत्यकाको ६० देखि ७० प्रतिशत माग धान्छ । बाँकी बल्खु, बालाजु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकी लगायतका बजारले पूर्ति गर्छन् ।

प्याज र आलुको माग भने झन्डै ८० प्रतिशत कालीमाटी बजारले नै पूर्ति गर्छ । ११ दिनयता भने कालीमाटी तरकारी बजारमा भारतीय प्याज र आलु भित्रिएको छैन ।