लुम्बिनीको करिब ४० अर्ब बराबरको बजेट 

बुटवल । लुम्बिनीसहित ६ प्रदेश सरकारले आज नयाँ बजेट ल्याउदै छन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले आज शुक्रबार नयाँ बजेट ल्याउन लागेका हुन्। कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ।

लुम्बिनीमा आर्थिक २०८०८१ वर्षका लागि करिब ४० अर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारी छ। बजेटअघिको छलफलमा चालू आवको भन्दा २० प्रतिशत कटौती गरेर आगामी आवको बजेट ल्याउने भनिएको थियो। चालु आवका लागि ४२ अर्ब ६३ करोडको बजेट ल्याएकोमा चैतसम्म १५ अर्ब मात्रै खर्च भएको छ । जसमा पुँजीगत खर्च सात खर्ब २७ करोड छ।

सबैभन्दा सानो आकारको बजेट ल्याउने कर्णाली प्रदेशले यो वर्ष पनि ३० अर्ब ननाघ्ने गरी बजेटको तयारी गरिरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आवको भन्दा करिब १५ प्रतिशत सानो आकारको बजेट ल्याउने तयारी गरेको छ । सरकारले चालर आवका लागि ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट ल्याएको थियो ।