काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुँदैछ ।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले आज बिहान ८ बजे कार्ययोजना प्रस्तुतसहित सुनुवाइका लागि कार्कीको बोलाएको हो ।

आज नै सुनुवाइ सकेर नियुक्तिको सिफारिस गर्ने समितिको तयारी छ। समितिले बुधबार कार्कीविरुद्ध उजुरी दिएका ७ जनासँग एक्लाएक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको थियो।