दाङमा पनि दादुरा देखिएको छ । बंगलाचुली गाउँपालिका वडा नंं. ८ स्थित हंसपुर, रानीवास र नयाँवस्ती टोलमा दादुरा देखा परेको हो । अहिले नयाँवस्ति ढावमा एकै घरका ५ जना परिवार दादुराको विरामी भएका छन् ।
विरामी हुनेहरुमा बंगलाचुली गाउँपालिका वडा नं. ८ निवासी २८ वर्षीया छवीलाल बुढा, वर्ष २६ विर बहादुर बुढा, वर्ष २६ लेखनाथ बुढा,२४ वर्षकी मनिषा वुढा,वर्ष १८ चेतमान बुढा,वर्ष २२ का भगि बुढा ,उहाँकी बहिनी वर्ष १५ की धामिका बुढा, वर्ष ४८ डण्डुराम बुढा दादुरारोगको संक्रमित हुनुभएको बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का निवर्तमान वडा अध्यक्ष गिरराज बाँठामगरले जानकारी दिनभुयो छ ।
उहाँका अनुसार बंगलाचुली गाउँपालिका वडा नं.८ रानीवास निवासी वर्ष ३४ का हिमलाल बाँठा, ,हंसपुर निवासी वर्ष ४८ की मामी गाहालाई दादुराको संक्रमण भएको छ । वडा नम्वर ८ को अन्य स्थानमा पनी दादुरा संक्रमणको उच्च जोखिममा रहेको छ ।
