प्यूठान । प्यूठानको स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा जीप दुर्घटनामा परी ज्यान गुमाउने सबैको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका –१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजको छोरा १४ वर्षीय विशाल पोख्रेल, ९ वर्षीय विकाश पोख्रेल रहेका छन् ।
त्यस्तै लमही नगरपालिका –५ का ४९ वर्षीय जीप चालक ताराबहादुर कुमाल, लमही नगरपालिका –७ का ४० वर्षीय गोविन्द शाह, निजको श्रीमती ३० वर्षीया राधा शाह र नीजको ९ वर्षीय छोरा आदित्य शाह रहेको प्रहरीले जनाएको छ । एक जना बालकको पहिचान खुल्न बाँकी छ ।
सोमवार दिउसो स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा भिंग्री सडक खण्डको टाकुरा भन्ने स्थानमा लु १ च ६३४५ नम्वरको जीप दुर्घटना भएको हो । जीप सडकबाट करीव ५० मिटर तल खसेको प्यूठान प्रहरीले जनाएको छ ।
