काठमाडौं । पार्टी विभाजनपछि मौन रहेका नेता वमदेव गौतम एमालेमा फर्कने घोषण गरेका छन् । एमालेले ७० वर्षे उमेरहद हटाइएको निर्णय सार्वजनिक गरेपछि गौतमले एमालेमै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने घोषणा गरेका हुन्।
बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले एमालेमै फर्किए पनि आफूलाई अध्यक्ष वा महासचिव बन्ने रहर नरहेकोसमेत बताए ।
‘उमेरहद हटाइएको अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरूसहित एमालेमै फर्किन्छु,’ गौतमले भने, ‘मेरो पनि सदस्यता नवीकरण गर्न म उनलाई (श्रीमती तुलसा थापा) पठाउँछु, सदस्यता नवीकरण गर्छु ।’ यद्यपि, उनले आफ्नै लागि उमेरहद हटाइएको केपी ओलीले जानकारी गराउनुपर्ने बताए ।
एमाले र एकीकृत समाजवादीसँग एकताका लागि एकता अभियानको संयोजन गरिरहेका गौतमले एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका थिए ।
