दाङ । दाङमा जीपको ठकक्करबाट एक जनाको ज्यान गएको छ ।
आज पश्चिम हापुरेबाट तुलसीपुर आउँदै गरेको रा १ ज ९२३ नं को जीपले रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिदा उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिका सीता लम्सालको ज्यान गएको हो ।
लम्साललाई विद्यालय जाने क्रममा जीपले ठक्कर दिएको तुलसीपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । जीपको ठक्करबाट गम्भीर घाइते हुनुभएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको हो । धनौरी माविकी शिक्षिका हुन् ।
