दाङ, ८ जेठ । दाङमा एक शिक्षक आफैले पढाउने छात्रालाई करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ७ घर भई हाल शिवशक्ति मा.वि. धनौरीमा कार्यरत शिक्षक खुमानन्द पौडेलले होस्टेलमा वस्दै आएकी कक्षा १० मा अध्ययनरत १६ वर्षकी एक छात्रालाई ललाइफकाइ करणी गरेका आरोपमा पक्राउ परेका हुन् ।

उनलाई पीडितको उजुरीमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पौडलमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।