काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पनि तानिएका छन् । उनलाई आज उनकै निवासबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ भएका खाणलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
आज बुधवार खाणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौ लगेकोमा अदालतले चार दिन म्याद थपको अनुमति दिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै खाण र उनका निजी सचिव नरेन्द्र केसीलाई आज बिहान निवासबाटै पक्राउ गरेको थियो ।
यो प्रकरणमा समातिएकाहरूले खाणकी पत्नी मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
