दैलेख । दैलेख जिल्ला अदालतले २३ वर्षीय अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने व्यक्तिलाई न्मकैद फैसला गरेको छ । उक्त कसुरमा गुराँस गाउँपालिका –३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैद फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश बलराम लम्सालको चैत २० गतेको इजलासबाट जन्मकैद (२५ वर्ष), पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २८ सय रुपियाँ तिर्नुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।

शारीरिक अपाङ्गता भएकी महिलालाई २०७८ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए ।