रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा एसईई परीक्षा दिन गएका नक्कली परीक्र्षी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेयर साहका ज्वाइँ नाता पर्ने कमल साह हुन् ।

आइतबार गणित विषयको एसईई परीक्षा परीक्षा चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट ज्वाइँ कमललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अनुसन्धानका क्रममा उनी इन्जिनियरसमेत रहेको पाइएको छ ।