काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रपति निर्वाचनबारे निर्णय लिँदैछ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहान बैठक बसेर आवश्यक निर्णय लिने भएको हो ।

रास्वपा अहिलेसम्म कुनै उम्मेदवारको पक्षमा खुलेको छैन । राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले उम्मेदवारी दिएका  छन् ।