दाङ, ९ साउन
पश्चिम दाङमा आँखा पाक्ने रोग महामारीका रुपमा फैलिएको राप्तीआँखा अस्पताल तुलसीपुरले जनाएको छ । केहि समय यता आँखापाक्ने रोगका विरामिको संख्या उल्लेख्य वढेकाले अस्पतालले रोगले महामारीकै रुपलिएको वताएको हो ।eye

अस्पतालका नेत्रसहायक शालिक राम गौतमका अनुसार हाल आँखा अस्पताल रक्षाचौरमा आँखापाक्ने रोगको उपचारमा दैनिक ४ सय वढि आउने गरेका छन ।

सुरुमा आँखा चिलाउने रातो हुने विजाउने र पछि आँखापाक्ने लक्ष्यण देखिने यो सरुवा रोग हो यस वाट वच्न समयमै आँखाअस्पतालमा आई उपचार गरे दुइहप्ता भित्रमा निको हुने राप्तीअँचल अस्पतालका नेत्र सहायक गौतमले वताए ।

सरुवा रोग भएकाले विरामी संग एउटै विस्तारमा नसुत्न र विरामीले प्रयोग गर्ने कुनैपनि सामाग्री अन्य मानिसले प्रयोग नगर्न राप्तीअाँखा अस्पताल तुलसीपुरले सवैमा अनुरोध पनि गरेको छ ।।