तुलसीपुर ९ साउन
राप्ति अञ्चल साना मालवहाक यातायात ब्यवसायी समितिले समितिमा सवारी दर्तामा लाग्दै आएको शुल्कमा छुट दिने निर्णय गरेको छ । समितीले यहि साउन ३२ गते सम्मका लागी सवारी दर्तामा लाग्दै आएको शुल्कमा ५ हजार छुटगरी १० हजार ५ सय वनाएको हो । sawari

२०६६ सालमा स्थापना भएको साना मालवाहाक यातायत ब्यावसायी समितिले राप्ति अञ्चल सहित अन्य जिल्लामा पनि सेवादिदै आएको छ ।

समितीका अध्यक्ष भुवन भुसालकोे अध्यक्षतामा वसेको वैठकले सवारी दर्तामा छुट दिने निर्णय संगैे प्रेस सल्लाहाकारमा पत्रकार तुल्सीराम वलीलाई राख्ने निर्णय गरेको छ । समितीमा अहिले एक सय वढि साना मालवहाक गाडीहरु रहेका छन ।।