काठमाडौं । करीब तीन वर्ष सत्ता सहकार्य गर्दै आएको कांग्रेसलाई चक्मा दिँदै एमालेको काँध चढेर प्रधानमन्त्री भएका प्रचण्डले दुई मी हिनामै समिकरण बदल्दा एमाले माओवादीसहितका दलहरुको समर्थनमा बनेका प्रदेश सरकारहरु पनि संकटमा परेका छन् ।

एमाले–माओवादी गठबन्धनबाट प्रधानमन्त्री एकाएक वाहिरिएपछि सत्ता संकट चुलिएको हो । प्रचण्डले दुई महिनामै कोर्ष बदलेर राष्ट्रपतिमा काग्रेसलाई समर्थन गर्ने पक्षमा पुगेका छन् ।

जसका कारण प्रदेश सरकारहरु पनि ढल्ने अवस्थामा पुगेका छन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वमा बनेको सरकार जोखिममा परेको छ ।

प्रदेश १

नेकपा एमाले ४० सिट

नेपाली कांग्रेस २९ सिट

नेकपा माओवादी केन्द्र – १३ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – ६ सिट

नेकपा (एकीकृत समाजवादी) – ४ सिट

र, जनता समाजवादी पार्टी (जसपा) – १ सिट रहेको छ ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सिट आवश्यक पर्छ । माओवादी केन्द्रबाट सभामुख रहेकाले नयाँ समिकरण बन्दा न्यूनतम आवश्यक बहुमत पुग्दैन भने एमालेलाई राप्रपाले साथ दिँदा एमालेलाई पनि बहुमत पुग्ने देखिदैन ।

गण्डकी प्रदेश

नेपाली कांग्रेस – २७

नेकपा एमाले – २२

नेकपा माओवादी केन्द्र (७

राष्ट्रिय प्रजातन्त्र पार्टी – २

नेपाल समाजवादी पार्टी – १

र, स्वतन्त्र १ सिट रहेको छ । नयाँ समिकरणअनुसार सरकार गठन हुँदा कांग्रेस, माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेसपाको ३५ सदस्य हुने भएकाले एमाले नेता खगराज अधिकारी नेतृत्वको वर्तमान सरकार ढाल्न काफी छ ।

लुम्बिनी प्रदेश

नेकपा एमाले – २९

नेपाली कांग्रेस – २७

नेकपा माओवादी केन्द्र – ९

नागरिक उन्मुक्ति पार्टी – ४

राप्रपा – ४

जसपा – ३

लोसपा – ३

जनमत पार्टी – ३

स्वतन्त्र – ३

नेकपा एस – १

राष्ट्रिय जनमोर्चा १ सिट रहेको छ ।

८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री छन् । नयाँ गठबन्धनको सिट संख्या जोड्दा ५१ सदस्य पुग्ने भएकाले पनि सरकार भत्किने सम्भावना छ ।

उता, एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार भने यसअघि नै विश्वासको मत लिन नसकेपछि भत्किएर ठूलो दलको हैसियतमा कांग्रेसको सरकार गठन भएको छ ।